गोदावरी नगरपालिकाको मेयरमा कडायतको दाबी

गोदावरी नगरपालिकाको मेयरमा कडायतको दाबी

धनगढी : सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० घोषणा गरे सँगै उम्मेदवारी दिने क्रम बढेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिकामा पनि मेयर पदका लागी उम्मेदवारी दिने त्रलम बढेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी गुराँस एकेडेमीका अध्यक्ष धर्म सिंह कडायतले मेयर पदमा दाबी गरेका छन् । २०५१ साल देखि विद्यार्थी राजनीति बाट राजनीति सुरु गरेका कडायतले गोदावरी नगरपालिका लाई देशकै संवृद्धि तथा उत्कृष्ट नगरपालिका बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले हाल सम्म नेपाली काँग्रेस प्रजातान्त्रिक त्रिचन्द्र क्याम्पसको सचिव, सिद्ध नाथ विज्ञान क्याम्पसको ने वि संघ को सह सचिव तथा विभिन्न बैकहरूमा विभिन्न पदहरूमा रहेर काम गरेको अनुभव छ ।

गरिब तथा किसान परिवारमा जन्मिएका कडायतले राजनीति लाई कुनै पेसाका रूपमा नभई समाज सेवाका रूपमा अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार