भ्रममा नपरौं विप्लव नेकपाले स्थानीय चुनावमा कसैलाई सहयोग गर्ने गरी छलफल गरेको छैन: रावल

नेकपाका जिल्ला कार्यालय सचिव प्रकाश रावल

धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रमित प्रचारको भर नपर्न आग्रह गरेको छ । पार्टीको नाम नै जोडेर स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने समाचार बाहिरिए पछि नेकपाले कु प्रचारको भ्रममा नपर्न आग्रह गरेको हो ।

पार्टीको केन्द्रीय समितिको १२औँ पूर्ण बैठकको निर्णय अनुसार पार्टी वैशाखमा हुने स्थानीय चुनावमा भाग नलिने स्पष्ट निर्णय भैसकेको नेकपाका जिल्ला कार्यालय सचिव प्रकाश रावलले बताए । ”कथित स्थानीय चुनावमा देशभक्त, स्वतन्त्र उम्मेदवार र एमसिसि विरोधी उम्मेदवार प्रति सहानुभूति रहन सक्ने केन्द्रीय समितिको प्रतिवेदनमा उल्लेख छ । त्यस भन्दा बाहिर व्यक्तिगत राजनीतिक फाइँदाका लागि कसैले गरिने संवाद, छलफल बारे धेरै टिका टिप्पणी नगर्न हामीले अनुरोध गरेका छौ, जिल्ला पार्टी केन्द्रीय समितिको बैठकको निर्णय प्रति प्रतिबद्ध छ ।” उनले भने ।

रावलले विभिन्न समाचारमा आएका कुरामा कोही पनि आम जनसमुदाय र पार्टी कार्यकर्ता लाई भ्रममा नपर्न हामीले अनुरोध गरेको बताउँदै पार्टी जिल्लाको बैठक चैत्र २३ र २४ गते बस्ने हुँदा त्यस पश्चात् देश र जनतालाई केन्द्रमा राखी नेता कार्यकर्ताको राय र सल्लाहमै आगामी निर्णय लिइने रावलले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार