रेशम चौधरीको पार्टीले पनि कैलालीमा स्थानीय तहको चुनाव लड्ने

रेशम चाैधरी निर्वाचन आयाेगमा
फाईल तस्बिर

धनगढी : जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनामा सहभागी हुने बताएको छ ।

स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जिल्लाका सबै स्थानीय तहमा पार्टी समिति विस्तार भइसकेकाले ३० वैशाखमा हुने चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार