गौरीफन्टा सीमानाकामा फेरि कैलालीको सुरक्षा टोलीलाई खटाइयो

कैलाली-कञ्चनपुर गौरीफण्टा नाका
फाइल तस्विर

कैलाली : गौरीफन्टा सीमानाकामा फेरि कैलालीको सुरक्षा टोलीलाई खटाइएको छ। गौरीफन्टा सीमानाका र नाकासंगै जोडिएको डोकेबजार क्षेत्रमा बैशाख १ गतेदेखि कैलालीको सुरक्षा टोलीलाई खटाइएको हो ।

कञ्चनपुरको भू-भागमा पर्ने भन्दै २०७७ भदौ देखि डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटाइएकोमा नाकामा पुनः कैलालीलाई सुरक्षाको जिम्मेवारी दिई ड्युटी गर्न सुरु गरिएको छ । स्वामित्व परिवर्तनका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले लिखित रुपमा कुनैपनि पत्र नआएको तर केन्द्रले सशस्त्र प्रहरीलाई कैलालीको डिउटी खटाउने आदेश आएको बताए।

सोही विषयमा सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति एसपी अम्मरबहादुर ऐरले बाहिनीपति ज्युको आदेश अनुरुप नाकाको ब्यारेक डियुटीबाट आफ्नो मातहतको टोली फिर्ता बोलाईएको जानकारी दिए । ‘भन्सार कैलाली र नाकाको डिउटी कञ्चनपुरमा १ गतेदेखि हाम्रो टोली फिर्ता भएको र डोकेबजार क्षेत्रमा भने हाम्रो टोली तैनाथ हुन्छ,’ उनले भने ।

गौरीफन्टामा सुरक्षा दिदै आएको कैलालीको सुरक्षा टोली कोरोना भाइरसको प्राभावको समयमा ०७७ भदौमा फिर्ता भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार