लागु औषध सहित धनगढीबाट एक जना पक्राउ

लागु औषध सहित धनगढीबाट एक जना पक्राउ

धनगढी : धनगढीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १ अनामनगर बस्ने २२ वर्षीय बिनोद चौधरी रहेका छन् ।

उनलाई २५४ नाईट्रोभेट ट्याब्लेट, २३८ स्पास, १८ ट्याब्लेट ट्रमा डोल सहित बुधवार १४ः४५ बजेको समयमा धनगढी उप-महानगरपालिका २ ट्राफिक चोकमा खटिएको प्रहरी टोलीले शङ्कालागि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार