SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना (भिडियो सहित)

धनगढीमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना (भिडियो सहित)

धनगढी : कैलालीको धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि कार्यालय सञ्चालनमा ल्याइएको हो।

बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार लगायतका सरोकारवालाहरूको उपस्थितिमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन कैलालीका प्रमुख निर्वाचन अधिकृत जयानन्द पनेरुले गरेका छन् ।

धनगढी उप-महानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए।

कैलाली जिल्ला अदालतका मुख्य न्यायाधीश जयानन्द पनेरु कैलालीका मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। भने उनले शान्तिपूर्ण, भयरहित र धादली रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै तह तप्का बाट सहकार्य गरेर लाग्न आग्रह गरेका छन् ।

यो सहित आजै सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिँदै छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार