मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड

मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड

हेटौंडा उप-महानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड गरेकाे हाे ।

बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको सालिकको शीर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै सालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । पार्कमा रहेका अन्य संरचना भने यथावत रहेकाे उनले बताए ।

त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र सालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रूपमा गरिएको आपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार