धनगढी-३ का वडाअध्यक्ष ऐर उप-महानगरका राजीनामा दिने पहिलो जनप्रतिनिधि

धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलवहादुर ऐरले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलवहादुर ऐरले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीले उपमेयरको उम्मेदवारमा सिफारीस गरेपछि वडाअध्यक्ष ऐरले निर्वाचन अचारसंहिता पालना गर्दै बहाल रहेको पदवाट राजिनामा दिएका हुन् ।

यसअघि उनको धनगढी उप-महानगरपालिकाको मेयरमा उठ्ने चर्चा भएपनि पार्टीले चुनावी गठबन्धन गर्दा उपमेयर भाग लागेपछि युवा नेता ऐर उपमेयरमा लड्न तयार भएका हुन् ।

उनले वडाध्यक्षको हैसियतमा पाएको सवारी लगायतका सबै सुविधाहरु उपमहानगरपालिकालाई फिर्ता गरेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार