कांग्रेसले धनगढी उप-महानगरपालिकाको मेयरमा फेरी वडलाई नै दोहोर्‍याउने सम्भावना

नृपबहादुर वड

धनगढी : नेपाली कांग्रेसले धनगढी उप-महानगरपालिकाको मेयरमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको छ । त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

वडले भने, ‘सम्भवः कार्यसम्पादन समितिको बैठकले (आज) टुङ्गो लगाउँछ होला ।’कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए ।

फेरि टिकट पाउने निश्चित भएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले काठमाडौंमा रहेको उनी शनिबार आज बिहानै धनगढी फर्किएर राजीनामा दिने बताइएको छ । मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ। नगर समितिले धनगढीको मेयरका लागि वड र महरासहित ७ जनाको नाम सिफारिस भएको थियो ।

सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन । २०७४ सालको निर्वाचनमा उपमेयरमा पराजीत भएकी शान्ति अधिकारीले टिकट पाउने सम्भावना बलियो रहेको माओवादीका नेताहरु बताउँछन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार