स्थानीय निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै कैलाली कञ्चनपुरका सिमानाका बन्द गरिने

निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै कैलाली कञ्चनपुरका सिमानाका बन्द गरिने

धनगढी : नेपाल भारत सीमा समन्वय बैठक कैलालीमा सम्पन्न भएको छ । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरी धाम नजिक रहेको ग्रिन गोदावरी रिसोर्टमा बैठक सम्पन्न भएको हो ।

बैठक यही वैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचन लाई मध्यनजर गर्दै बैठकको आयोजना गरिएको हो । गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल-भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका अन्य आवतजावतका सेवाहरू समेत निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै सिमाना बन्द गरिने निर्णय र दुई देशको जोईन्ट सर्कलले गर्ने अन्य सुरक्षा रणनितिहरुबारे समेत छलफल भएको बताए ।

यस्तै, थापाले भारतीय बनका कर्मचारीले विशेष गरी कैलालीको फूलबारीका स्थानीयलाई विना ज्याला काम लगाउने गुनासो आएको र सो बारे पनि छलफल भई अब देखी सो खालको गतिविधि रोक्न भारतीय सुरक्षा निकायलाई आग्रह गरिनुका साथै प्राथमिकतामा राखी हेर्न भनिएको बताए ।

त्यस्तै, बैठकमा सीमा विवादको विषयमा चर्चा भएको भए पनि यो उच्चस्तरीय संयन्त्रको कूटनैतिक तथा राजनैतिक छलफलबाट समाधान हुने भएकोले सो बारे भने सामान्य छलफल भएको र दुवै देशका सिमानाकामा हुने गरेका अपराधका घटनाहरू न्यूनीकरण गर्न सक्दो आपसी सहयोग रहने सहमति भएको बताइएको छ ।

यसै गरी, भारतीय प्रशासनको प्रतिनिधित्व गर्दै लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी सञ्जय कुमार सिंहले नेपाल भारत जोड्ने गौरीफण्टा बनगाउँ सडकको स्तरो-उन्नतीका लागी आफ्नो माथिल्लो निकायलाई जानकारी गराउने बताउँदै नेपालमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनाव भय रहित, निष्पक्ष र धाँधलीमुक्त तरिकाले सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए ।

उक्त दुई देशीय सीमा समन्वय बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख धन ब. सिंह लगायतका प्रहरी अधिकारीहरू तथा कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा प्रमुख एवम् अधिकारीहरूको सहभागिता रहेको थियो ।

निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै कैलाली कञ्चनपुरका सिमानाका बन्द गरिने

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार