एमालेले लगायो बैतडीका सबै पालिकामा उम्मेदवारको टुङ्गो

नेकपा एमाले

धनगढी : आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।

एमाले बैतडीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी (लख्खाभाइ), उपमेयरमा सरस्वती नेपाली र पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी, उपमेयरमा हरु भट्ट, मेलौली नगरपालिकाको मेयरमा जगदिश नायक, उपमेयरमा चन्द्रकला साउँद र पुर्चौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउँदलाई उम्मेदवार बनाइएको छ।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकामा एमालेले राप्रपासंग चुनावी तालमेल गरेको छ। एमालेले अध्यक्ष पदमा अम्मरबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ। यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा जस्बीर बोहरा, उपाध्यक्षमा धना धामी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द, उपाध्यक्षमा बीना भट्ट, शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउँद, उपाध्यक्षमा शकुन्तला साउँदलाई उम्मेदवार बनाइएको छ।

त्यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र डिलाशैनी गाउँपालिकाको अध्यक्ष अक्कल राना बनेका छन्। तर, ती दुवै पालिकामा उपाध्यक्षको टुंगो लाग्न भने लाग्न बाँकी रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार