नेकपा एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा राना उम्मेदवार

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा राना उम्मेदवार

धनगढी : नेकपा एमालेबाट धनगढी उप-महानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ। यस्तै उपमेयरमा कन्दकला रानाथारु लाई उम्मेदवार बनाउने निर्णय भएको छ।

केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो पार्टीको उम्मेदवारहरु चयन गरेको हो।

धनगढी उपमहानगरपालिकासँगै कैलालीका अन्य स्थानीय तहमा पनि उम्मेदवारको टुङ्गो लगाउने प्रयास भइरहेको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ। गत पुसमा भएको जिल्ला अधिवेशनमा रतनबहादुर थापासँग जिल्ला अध्यक्षमा चार मतले पराजित भएका थिए । चन्द र राना दुवैले धनगढीमा लोकप्रिय नेताको रुपमा चिनीन्छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार