धनगढीको मेयरमा वड र उपमेयरमा अधिकारीले दिए गठबन्धनबाट उम्मेदवारी

धनगढी उप-महानगरपालिकामा तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वड र उपमेयरमा शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढी : धनगढी उप-महानगरपालिकामा तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वड र उपमेयरमा शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।

मेयर पदका उम्मेदवार वडले कांग्रेसबाट र उपमेयर अधिकारीले माओवादी केन्द्रबाट टिकट पाएका हुन् । मेयर पदका उम्मेदवार वड हालका मेयरसमेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट जितेका थिए ।

केन्द्रमा भएको सहमति अनुसार धनगढीमा नेकपा माओवादीलाई उपप्रमुख दिइएको थियो । अधिकारी उनी २०७४ को निर्वाचनमा पनि उप्रमुखमा चुनाव लडेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार