धनगढी उप-महानगरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने

धनगढी उप-महानगरमा दुई पदका लागी प्रमुख र उप(प्रमुख गरी १७ जनाको उम्मेदवारी दर्ता

धनगढी उप-महानगरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने

धनगढी : यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन अन्तरगत उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार देशैभर विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका हुन् ।

यसै बिच सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकामा पनि १० जना मेयर र ७ जनाले उपमेयर पदका लागी उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउने हरूमध्येबाट उद्यमी तथा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल, मदन कृष्ण भट्ट र उद्धवराज पन्तले नगर प्रमुख पदमा स्वतन्त्र  उम्मेदवारी दिएका छन् ।

यस्तै, मेयर पदमै बसन्त बहादुर विश्वकर्मा लोकतन्त्र समाजवादी पार्टी नेपाल, रण बहादुर चन्द नेकपा एमाले, भारती थापा सचेत नेपाल पार्टी, नृप बहादुर वड नेपाली काँग्रेस, निमकुमार चौधरी नागरिक उन्मुक्ति पार्टी, कवीन्द्र ऐर जनता समाजवादी पार्टीबाट, अञ्जना श्रेष्ठले राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

त्यस्तै, उप-प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार एमाले बाट उप-महानगरको उप-मेयर पदमा उम्मेदवारी दर्ता गराएकी कन्दाकला रानाले सबै नगर बासीमा भोटका लागी अपिल गरेकी छन् । “भरखरै मैलै उप-मेयर पदमा उम्मेदवारी दर्ता गरे, यो उम्मेदवारी धनगढी वासीकै सुझाव सल्लाहमा लिइएको हो । विजयी गराउनुभयो भने महिला अधिकार तथा विकास निर्माणका सवालमा नगरवासीको सुझाव सल्लाहमै आवश्यकता अनुसारको विकास गर्ने छु ।” उनले भनिन् ।
त्यस्तै, गठबन्धनको प्रतिनिधित्व गर्दै नेकपा माओवादीबाट उप(मेयर पदमा  उम्मेदवारी दर्ता गराएकी शान्ति अधिकारीले पार्टीले आफूलाई टिकट दिएकोमा खुसी व्यक्त गर्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् । “पार्टीले टिकट मलाई दिएको छ । खुसी छु । अव धनगढी वासीले मलाई जिताउने छन् भन्नेमा विश्वस्त छु । अहिले गठबन्धन को साझा उम्मेदवार भएकोले पनि जित्छु नै भन्ने छ ।” उनले भनिन् ।

यस्तै, एमालेका तर्फबाट सर्वसम्मत धनगढी उप-महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका रण ब. चन्दले एमाले पार्टी एकजुट र वडा तह सम्म सर्वसम्मत, भौगौलीक र सामाजिक रहनसहनको बनौटको आधारमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएकाले जित्ने सम्भावना प्रबल रहेको बताएका छन् । “गठबन्धन भन्नु मात्रै हो पार्टी सङ्गठन छिन्न भिन्न बनाएको छ । हामी सामाजिक एवम् भौगौलीक बनावटको आधारमा समेत एकजुट छौँ । नगरवासीले पनि हामीलाई नै विश्वास गर्ने छन् ।”

अहिले मतदाताले जसले काम गर्छ, आफ्ना समस्या जसले समाधान गर्छ र जनतामाझ राम्ररी घुलमिल भएको छ । त्यसका आधारमा मात्रै भोट दिने र गठबन्धन भनेकै भरमा भोट नदिने चन्दको तर्क छ । “जनताले कोही गठबन्धन भनेर भोट दिँदैनन् । अहिलेका पाँच वर्ष काँग्रेसले नगरमा शासन गर्‍यो धनगढीवासीले के पाए ? झन् नगर प्रमुख ज्युले घोषणा गरेको पहिलो सर्त धनगढीका खोलानाला अतिक्रमण हटाउने व्यवस्थित सडक बनाउने भन्ने सर्त नै भुल्नुभयो । काँग्रेसले धनगढीको विकासको लागी केही गर्न सकेन । त्यसैले अब धनगढीमा नेतृत्व परिवर्तनको आवश्यकता छ । त्यसको मुख्य विकल्प एमाले नै हो । सबै नगर बासीहरूमा मेरो अनुरोध छ । एमाले ले समावेशी उम्मेदवार तोकेको छ । नगर क्षेत्रको विकास गर्न सक्षम उम्मेदवार पठाएको छ । सबै जनाले आगामी पाँच वर्षका लागी सोचेर  भोट गरी हामीलाई विजयी गराउन हुन आग्रह गर्दछु ।” उनले भने ।

त्यस्तै, गठबन्धनका साझा उम्मेदवार एवम् नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार नृप ओडले जनताको पक्षमा अबको सुन्दर सहरका निम्ति गठबन्धनले आफूलाई नगर प्रमुख पदमा दोहोर्‍याएको बताए । आफू र आफ्नो गठबन्धन बलियो रहेको बताउँदै वडले आफ्ना अग्रज नेता नेपाली काँग्रेसका सभापति शेर ब. देउवा र नेत्री आर्जु राणा देउवाको आर्सीवादले समग्र धनगढीको विकास र यहाँका हरेक समस्यालाई समाधान गर्ने बताए ।  “हामी गठबन्धन बलियो ढङ्गले प्रस्तुत भएका छौँ । प्रतिस्पर्धा हुन्छ जस्तो मलाई लाग्दैन । जित निश्चित छ । नेपाली काँग्रेसका केन्द्रीय नेता पार्टी सभापति आदरणीय शेर ब. देउवा र नेत्री आर्जु राणा देउवालाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको आर्सीवादले समग्र धनगढीको विकास समस्या उजागर र समाधान गर्ने छु ।” उनले भने ।

धनगढी उप-महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले (हिजो) ११ गते नै आफ्नो उम्मेदवारी मनोनयन दर्ता गाएका छन् । भने आफूलाई गठबन्धनले कुनै असर नपर्ने बताएका छन् ।   बाडिचुडी खाने गठबन्धनलाई जनताले पत्याउँदैनन्, उनले भने, “मतदाताहरू शिक्षित छन् मलाई कुनै पनि असर पर्दैन ।” साथै उनले गठबन्धन के का लागि भन्दै प्रश्न समेत गरेका छन् । साथै उनले गठबन्धन के का लागि भन्दै प्रश्न समेत गरेका छन् ।

२०७४ सालको निर्वाचनमा धनगढीमा नेपाली काँग्रेस, स्वतन्त्र र नेकपा एमालेबिच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोस्रो बनेका थिए । भने नेकपा एमाले पार्टी तेस्रो बनेको थियो । जसमा नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । नेकपा एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत प्राप्त गरेका थिए ।

त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार राम समझ रानाले १० हजार २०९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मत प्राप्त गरेका थिए ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको प्रभाव क्षेत्र रहेको धनगढीमा गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका उम्मेदवार चन्द, गठबन्धन नेकपा माओवादी र काँग्रेसका संयुक्त उम्मेदवार वड र अघिल्लो स्थानीय तहको निर्वाचनमा दोस्रो बनेका स्वतन्त्र उम्मेदवार तिनै जना बलीया उम्मेदवार भएकाले तिनै उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने सम्भावना बलियो देखिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार