धनगढीमा इन्चार्ज रानाको संयोजकत्वमा एमालेको १००१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धनगढीमा इन्चार्ज रानाको संयोजकत्वमा एमालेको १००१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धनगढी : नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुुनी रानाको संयोजकत्वमा धनगढी उपमहानगरपालिकामा निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ । एमालेका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका रानाको संयोजकत्वमा विभिन्न समिति रहनेगरी एक हजार एक सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरिएको हो ।

निर्वाचन परिचालन समितिको सह संयोजकको जिम्मेवारी सह इन्चार्ज लिला भण्डारीलाई दिइएको छ । उक्त कमिटिमा धनगढी उपमहानगरपालिकामा उपलब्ध केन्द्रीय कमिटिका सबै, प्रदेश कमिटिका सबै, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, नगर कमिटिका पदाधिकारी, पूर्व जिल्ला कमिटि सदस्यहरुलाई समेत राखिएको छ ।

रानाकै संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ । बैठकले मूल परिचालन समिति मातहत रहनेगरी विभिन्न समितिहरु समेत गठबन गरेको छ । जिल्ला कमिटि उपाध्यक्ष दुर्गाप्रसाद जोशीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । उक्त समितिको सह संयोजकमा विष्णुु चन्द, सचिवमा कमल राना चयन भएका छन् ।

आर्थिक समितिको संयोजक भूपेन्द्र थापा, युवा तथा विद्यार्थीको संयोजक राजेश खाती, महिला परिचालन समितिको संयोजक रुक्मणी देवकोटालाई सर्वसम्मत चयन गरिएको छ । यस्तै धनगढीका १९ वटै वडामा १२५ सदस्यीय वडा परिचालन समिति गठन गरिएको छ ।

निर्वाचन मूूल परिचालन समिति र विभिन्न समितिहरुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गतिविधि टोलदेखि वडा र वडादेखि नगरसम्म सञ्चालन गर्न सक्रिय हुने नेकपा एमालेले जनाएको छ । धनगढी उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन तालमेल गरेर चुनाव लडिरहेका बेला नेकपा एमाले भने एक्लै मैदान उत्रिएको छ । एमालेको तर्फबाट धनगढीको मेयरमा पूर्व जिल्ला कमिटि उपाध्यक्ष रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले उम्मेदवारी दर्ता गराएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार