SKIP THIS

Axis Vidyashram plus 2 in Law, Science & Management

उदीयमान गायिका दीपिका धनुकको ‘एमाले ल्याउनु छ’ बोलको गित सार्वजनिक (भिडिओ सहित)

सुदूरकी उदीयमान गायिका दीपिकाले गाइन एमाले ल्याउनु छ भन्दै गीत (भिडिओसहित)

धनगढी : सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ। बैतडी स्थायी घर भएकी १९ वर्षीया धानुकको आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी गीत सार्वजनिक भएको हो।

बिहीबार उनले आफ्नो ‘एमाले ल्याउनु छ’ बोलको चुनावी गीत सार्वजनिक भएको बताइन्। सानैदेखि गायनमा रुची राख्ने धानुकले यो आफ्नो पहिलो प्रयास भएको बताएकी छन्। गीतमा नेकपा एमालेको राजनीतिक इतिहास र लोकप्रियता समेटिएको छ। हरिश धानुकको संगित तथा लय रहेको उक्त गीतमा दीपिका र गायक शेर विष्टको आवाज रहेको छ।

यस्तै आगामी दिनहरुमा नयाँ फरक र सुदूरपश्चिमको संस्कृती झल्काउने गीतहरु समेत ल्याउने उनको भनाइ छ। धानुक कानूनको विद्यार्थी पनि हुन्। उनी कैलाली बहुमुखी क्याम्पसमा बिएएलएलबी प्रथम सत्रमा अध्यनरत छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार