माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, घर र बाइक समेत तोडफोड

आक्रमण

रुकुम पश्चिम : त्रिवेणी गाउँपालिका- ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । बुधबार रातिबाट सुरु भएको विवादमा एकअर्कालाई दोषारोपण गरी झडप गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले दुवै पक्षबीच केही ठाउँमा ढुङ्गा हानाहान भएपछि जिल्लाबाट प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कांग्रेसनिकट तरुण दलले वाईसीएलका चुडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।

माओवादी कार्यकर्ताले कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिङ खड्काको घरमा पनि ढुङ्गा हानेको प्रहरीले जनाएको छ । दुवैतर्फको टोली सो वडामा जम्मा भएको प्रहरीले बताएको छ । केहीलाई सामान्य चोट लागेको जनाइएको छ । -न्युज ट्वान्टीफोरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार