हामिलाई पाल्ने एमाले हो भन्दै जितको विगुल फुक्ने तयारीमा लाग्न धनगढीवासीको आग्रह

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई नै भोट दिने अठोट गरेका धनगढीवासीले अब जितको विगुल फुक्ने तयारीमा लाग्न आग्रह गरेका छन ।

धनगढी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई नै भोट दिने अठोट गरेका धनगढीवासीले अब जितको विगुल फुक्ने तयारीमा लाग्न आग्रह गरेका छन । चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारलाई आशिर्वाद दिदै नागरिकहरुले अबको परिवर्तन एमालेले गर्ने भन्दै एमालेलाई नै भोट दिने बताएका छन ।

बुढेसकालको साहरा एमाले बनेको भन्दै धनगढी ८ का जुद्दराम रानाले एमालेलाई नै भोट दिने बताए ।

हामिलाई पाल्ने एमाले हो भन्दै जितको विगुल फुक्ने तयारीमा लाग्न धनगढीवासीको आग्रह

प्रचारप्रसारमा रहेका धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द र उपप्रमुख पदका उम्मेदवार कन्दकला रानालाई आशीर्वाद दिदै उनले जितको शुभकामना समेत दिए । ‘बुढेसकालमा मलाई हास्न सिकायो’,उनले भने, ‘नमरुन्जेलसम्म मेरो साथ नेकपा एमालेलाई नै हुन्छ ।’

हामिलाई पाल्ने एमाले हो भन्दै जितको विगुल फुक्ने तयारीमा लाग्न धनगढीवासीको आग्रह

त्यस्तै, एमालेकै सरकारले विभिन्न कार्यक्रम संचानल गरि आफुहरुलाई विभिन्न समयमा रोजगारिका अवसर सृजना गरेको वडा नं ८ कै स्थानिय कुलविर चौधरीले बताए । ‘एमालेको सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएर समाजसेवासंगै आम्दानीको आधार देखायो’, उनले भने, ‘अबको हाम्रो आशा र भरोसा नै नेकपा एमाले हो र एमालेलाई नै भोट दिएर जिताउने हौं ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार