एमाले अध्यक्ष ओली धनगढी विमानस्थलमा ओर्लिए, यी तीन ठाउँको सभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिमको धनगढी विमानस्थलमा अवतरण गरेका छन् ।  आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आएका हुन् ।

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए।

उनका अनुसार काठमाडौँबाट अहिले हवाईजहाजबाट धनगढी अवतरणगरेका ओलीले सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन्। भने त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने छन्।

ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ। ओलीको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार