धनगढीमा एमालेका उम्मेदवारहरू जनताका मुद्दामा खरो भएर काम गर्नेछन् विश्वस्त हुनुस्: ओली

धनगढीमा एमालेले उठाएका उम्मेदवारहरू जनताका मुद्दामा खरो भएर काम गर्नेछन् विश्वस्त हुनुस्: ओली

धनगढी: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा नेकपा एमालेले उठाएका उम्मेदवारहरू जनताका मुद्दामा खरो भएर काम गर्ने बताएका छन् । धनगढी रङ्गशालामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले धनगढी उपमहानगरपालिकामा उठाएका उम्मेदवारले जनताको आवश्यकता र चाहना अनुरूप काम गर्ने बताएका हुन् ।

आलीले अहिलेको परमादेश सरकार संविधान विपरीत बनेका कारण यो सरकारलाई बिदाइ गर्नुपर्ने बताए। अहिले त्यही गठबन्धन र एमालेबिचको लडाई रहेका कारण एमालेलाइ नै विजयी गराउन ओलीले आग्रह गरे । सडक चौडा, कृषिको आधुनिकीकरण, पर्यटनको विकास लगायतका एजेन्डा स्थापित गराउन एमालेलाई विजयी गराउनुपर्ने ओलीले ओलीको भनाई थियो ।

”धनगढी उप-महानगरपालिकामा पनि एमालेले अघि सारेका उम्मेदवारलाई विजयी गराउनुस् । भ्रष्टाचार शून्यमा झार्ने छन् । जनताका मुद्दामा खरो भएर उत्रिने छन् । समुन्नत नगरको हितमा उभिने छन् । तपाई हरुलाइ म विस्वादता पार्न चाहन्छु ।” अध्यक्ष ओलीले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार