जितका लागी कसम होईन बेहडाबाबा दाहिने हुनुपर्छ, ६३ वर्षिय वृद्धले दिए चन्दलाई आशिर्वाद

जितका लागी कसम होईन बेहडाबाबा दाहिने हुनुपर्छ, ढुक्क हुनुस तपाईं जित्नुहुन्छ भन्दै ६३ वर्षिय वृद्धले दिए चन्दलाई आशिर्वाद

धनगढी : चुनाव जित्नका लागी बेहडाबाबामा कसम खाएर मात्रै नपुग्ने भन्दै धनगढी १६ रामपुरका ६३ वर्षिय कृष्णराज कंडेलले यसपाली एमालेको जित निश्चित भएको बताएका छन ।

मतदान गर्ने दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारमा रहेका धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्दलाई आशीर्वाद दिदै कंडेलले बेहडाबाबा दाहिने भएको प्रतिक्रिया दिए । ‘चुनाव जित्नका लागी कसम खाएर मात्रै पुग्दैन’, उनले भने, ‘इश्वर दाहिने हुनुपर्छ । तपाईं ढुक्क हुनुस बेहडाबाबा तपाईको दाहिने छन ।’

त्यस्तै कंडेलले आफ्नो टोलमा अव्यवस्थित नालाको कारणले समस्या भोग्नुपरेको दुखेसो समेत मेयर पदका उम्मेदवार चन्द समक्ष व्यक्त गरेका छन । उक्त क्षेत्रको स्थलगत अवलोकन गर्दै चन्दले पनि नगरप्रमुखमा जित हासिल गरे आफ्नो कार्यकालमा उक्त समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार