निर्वाचन आयोग सुदूरपश्चिमद्वारा अत्तरियामा नमुना मतदान (भिडियो रिपोर्ट)

निर्वाचन आयोग सुदूरपश्चिमद्वारा अत्तरियामा नमुना मतदान (भिडियो रिपोर्ट)

अत्तरिया : निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले प्रदेशको स्थायी राजधानी समेत रहेको कैलालीको गोदावरी नगरपालिकामा अवस्थित अत्तरिया चौराहामा नमुना मतदान गरेको छ । यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको मतदानलाई मध्यनजर गर्दै निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले सोमबार मतदाताको जानकारी र सचेतनाको लागी सुदूरको मुख्यद्धार अत्तरिया चौराहामा नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त नमुना मतदान कार्यक्रममा जेष्ठ नागरिक, महिला तथा युवा युवती गरी १ सय १७ जना नागरिक सहभागी भएको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख एवम् निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए ।

यसै गरी, निर्वाचन अधिकृत भट्टले मतदाताहरू मतदान गर्न आतुर भएको बताउनुभएको छ । नमुना मतदानमा नागरिकहरूको उत्साह पूर्वक सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै उहाँले आफ्ना जनप्रतिनिधि छान्न यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आम मतदाताहरूमा आग्रह गरे ।

निर्वाचन आयोग सुदूरपश्चिमद्वारा अत्तरियामा नमुना मतदान, १ सय १७ जना सहभागी

यस्तै, नमुना मतदानमा सहभागी जेष्ठ नागरिक प्रेम ब. खड्काले नमुना मतदान ३० गते हुने मतदानका लागी प्रभावकारी हुने र आफू पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

सो कार्यक्रममा मत सङ्केत गर्ने सही तरिका, मतदान स्थलमा मतदाताले पालना गर्नु पर्ने नियमहरू र मत सङ्केत गरेको मतपत्र पट्याएर मत पेटीमा राख्न समेत सिकाइएको थियो भने । स्थानीय तह निर्वाचनको तीव्र तयारीमा जुटेको निर्वाचन आयोगले नमुना मतदानले नागरिकहरूको आत्मबल बढ्ने, मतदान गर्ने सही तरिका बारे थाहा हुने र मतदान गर्न अभिप्रेरित हुने विश्वास रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार