धनगढीमा काँग्रेसको विजयी सुरुवात, वडा नं. १ को अध्यक्षमा प्यानल सहित मुडभरी विजयी

धनगढीमा काँग्रेसको विजयी सुरुवात, वडा नं. १ को अध्यक्षमा प्यानल सहित मुडभरी विजयी

धनगढी : धनगढी उप-महानगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । उप-महानगरको वडा नं. १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तोष मुडभरि पुनः निर्वाचित भएका छन् ।

यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी सोही पदमा विजयी भएका थिए । भने यस पटक पुनः दोहोरिएका छन् ।

मुडभरि यसपालि फराकिलो मतान्तरले विजयी भएका छन् । उनले वडामा ७१३९ मतदाता रहेकोमा ४२८६खसेका मतमध्ये ११८६ मत पा्रप्त गरेका छन् ।

वडा सदस्यमा पनि नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका छन्। दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्।  सत्यदेवी जोशीले १०६२, डम्मरनाथ जोशीले ९८२, धर्मराज उपाध्ययले ९९७ र सरस्वती लुहारले १०२७ मत पाइन्।

वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण बिक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाले उम्मेदवारी दिएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार