मन्त्री आलेको गृहपालिका जोरायलमा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

दुर्गादत्त ओझा

डोटी : पर्यटनमन्त्री प्रेमबहादुर आलेको गृहक्षेत्र डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ। जोरायल गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ। एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सहित विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपककुमार विष्ट ३ हजार ४१२ मत प्राप्त गरे।

एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन्। उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ। एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रा कुमारी साउदले ३ हजार ५१७ मत प्राप्त गरीन् । माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएर हारबाट गुज्रिनुपर्‍यो।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार