चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाल ३७ मतले पछाडि

माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाल ३७ मतले पछाडि

चितवन : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ३७ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १ सय ८१ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १ सय ४४  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार सात सय ५३ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ४ हजार ८ सय २८ मत पाउनु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार