सुर्नया गाउँपालिका बैतडीको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

सुर्नया गाउँपालिका बैतडीको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

बैतडी : सुर्नया गाउँपालिका बैतडीको अध्यक्षमा नेकपा एमालेका अम्मर कुवर विजयी भएकाछन् । कुवरले नेकपा (एकिकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २६ भोटले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

कुवरले २३५० मत ल्याइ विजयी हुदाँ बिष्टले २३२४ मत ल्याएकाछन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले २१३२ मत सहित विजयी हुदाँ राप्रपाका देव बहादुर चन्द १९४१ मत ल्याएका हुन् ।

सुर्नयाका वडाहरुमा भने, मिश्रीत परिणामा आएको छ । वडा न.१मा एमालेका धन बहादुर चन्द विजयी हुदाँ, वडा न.२का राप्रपाका गणेश बिष्ट विजयी भएकाछन्, वडा न.३मा काग्रेसका सम्भु भट्ट विजय हुदाँ वडा न.४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् ।

वडा न. ५ मा माओवादी केन्द्रका केशव बहादुर चन्द विजयी भएकाछन् भने, वडा न.६ मा एमालेका मदन अवस्थी विजय भएकाछन् । वडा न. ७मा कांग्रेसका भक्त बहादुर कुवर र वडा न.८मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार