शान्ति र्‍यालीको आयोजना गर्दै धनगढीको नेपाल वेस्टर्न कलेजले मनायो २५६६औँ बुद्ध जयन्ती

शान्ति र्‍यालीको आयोजना गर्दै धनगढीको नेपाल वेस्टर्न कलेजले मनायो २५६६औँ बुद्ध जयन्ती

धनगढी : धनगढीको नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले ‘पेस र्‍याली’ शान्ति र्‍यालीको आयोजना गरेको छ । सोमबार कलेजको विद्यार्थी क्लबले २५६६औँ बुद्ध जयन्तीको अवसर पारी पेस र्‍यालीको आयोजना गरेको हो ।

विश्वमा शान्ति स्थापनाको नाराको साथ कलेजका विद्यार्थी र शिक्षकहरूको सहभागितामा कलेज परिसरबाट धनगढी ट्राफिक चौराहा र ट्राफिक चौराहा देखी कलेज परिसर सम्म सो र्‍याली कार्यक्रमको आयोजन गरिएको नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज  का (बिबिए-बि आई) हेड सुमित पन्तले जानकारी दिए ।

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले विभिन्न समयमा मिनी म्याराथन, रक्तदान कार्यक्रम लगायतका अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार