बैतडीको पुर्चौंडी ४ भटनामा एमालेका दिलबहादुर धानुक ‘विकास’ प्यानल सहित विजयी

बैतडीको पुर्चौंडी ४ भटनामा एमालेका दिलबहादुर धानुक 'विकास' प्यानल सहित विजयी

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ४ भटनाको अध्यक्ष पदमा नेकपा एमालेका दिलबहादुर धानुक (विकास) विजयी भएका छन् । धानुक ६०४ मत ल्याएर वडा अध्यक्षमा प्यानल सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका परमानन्द भट्टले ४०४ मत ल्याएका छन् । भने नेकपा माओवादी केन्द्रका विनोद धानुकले ३ सय ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सदस्यमा दीपेन्द्र धानुक (रोशन), भीम राज भट्ट, द्रोपति भट्ट र काली चुनारा । सदस्यहरूमा महिला सदस्य भट्ट स्वर्गीय पूर्व वडा अध्यक्ष गौतम भट्टकी श्रीमती हुन् । भने दलित महिला सदस्य पुनः सोही पदमा दोहोरिएकी छन् । अध्यक्ष र दुई पुरुष सदस्य भने पहिलो पटक निर्वाचित भएका हुन् ।

१० वटा वडा रहेको नगरपालिकामा ९ वडाको मत गणना भई सक्दा सम्म मेयर र उपमेयरमा भने नेपाली काङ्ग्रेसकै अग्रता रहेको छ । भने एमालेले पछ्याइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार