काँग्रेसलाई २७१ मतले पछि पार्दै कैलालीको गोदावरी ६ मा एमालेका चौधरी पुरै प्यानल सहित विजयी

काँग्रेसलाई २७१ मतले पछि पार्दै कैलालीको गोदावरी ६ मा एमालेका चौधरी पुरै प्यानल सहित विजयी
अत्तरिया : गोदावरी -६ मा नेकपा एमाले विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार उक्त वडा मा एमाले का उम्मेदवार जग्गु चौधरी पुरै प्यानल सहित निर्वाचित भएका छन् ।
उनी आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेस का उम्मेदवार जयराज फुलारा भन्दा २७१ मत बढी ल्याएर विजयी भएका हुन। उनले जम्मा खसेको मत मध्यबाट १४ सय २५ मत प्राप्त गरेका छन् । यस्तै काँग्रेसका उम्मेदवार जयराज फुलाराले ११५४ मत पाएका छन् । यस्तै सोही वडाबाट माओवादी का उम्मेदवार ले २२३ मत पाएको छ ।
यो सँगै गोदावरी नगरपालिकामा एमाले ले ३ वडा जितेको छ । वडा नम्बर ७ को गणना जारी रहेको छ । त्यहाँ पनि एमालेको अग्रता कायम नै रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार