पाँच वर्ष पुर्चौडीमा सत्ता सम्हालेको माओवादीलाई हराउँदै प्रमुख र उप-प्रमुखमा काँग्रेस विजयी

पाँच वर्ष पुर्चौडीमा सत्ता सम्हालेको माओवादीलाई हराउँदै प्रमुख र उप-प्रमुखमा काँग्रेस विजयी

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका छन् ।

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत पाएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् । ल्याएर तेस्रो भएका छन् । मत परिणाम हेर्दा पाँच वर्ष पुर्चौंडीमा राज गरेको माओवादीले प्रमुख प्रतिपक्षको भूमिकामा समेत न रहने गरी हार व्यहोर्नु परेको छ ।

उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६१२ मत पाइन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पुर्चौडीमा माओवादी केन्द्र विजयी भएको थियो । पुर्चौडीमा माओवादी केन्द्रले वडा नम्बर ५ को वडाध्यक्ष मात्रै जितेको छ ।

पुर्चौंडी १० वडा मध्ये ५ ओटामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ४ मा एमालेले जित हात पारेको छ । माओवादी केन्द्रले भने एक वडामात्रै झिनो मतान्तरले जित हात पारेको छ ।

पुर्चौंडी नगरपालिकाको वडा नं १ मा कांग्रेसका गणेशबहादुर गडाल, वडा नं २ मा कांग्रेसका चक्रबहादुर बम, वडा नं ३ मा एमालेका खगेन्द्र बोहरा, वडा नं ४ मा एमालेका दिलबहादुर धानुक र वडा नं ५ माओवादीका नागीसिंह खडायत निर्वाचित भएका छन् ।

यस्तै वडा नं ६ मा नेपाली कांग्रेसका नरेन्द्र साउँद, वडा नं ७ मा कांग्रेसका धिरेन्द्रबहादुर बम, वडा नं ८ मा एमालेका बीरबहादुर बोहरा, वडा नं ९ मा एमालेका रम्बा बोहरा र वडा नं १० कांग्रेसका हिक्मतबहादुर बिष्ट विजयी भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार