कैलालीको गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् । उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार