धनगढी उपमहानगरमा हमालको ११७५८ मतको अग्रता: ७४८९ मत मात्रै गन्न बाँकी, कसले कति पाए ?

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि, कुन उम्मेदवारले कति मत पाए ?

धनगढी : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उप-महानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । यद्धपी अब ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६२२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्र (गठबन्धनकी साझा उम्मेदवार) की शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अधिकारीले ११ हजार ९८९ मत पाएकी छन् भने । एमालेकी कन्द्रकला रानाले १२ हजार ५९४ मतका साथ लिड गरिरहेकी छिन् । र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार