धनगढीका मेयर गोपाल हमालले सम्हाले कार्यभार, धनगढीको पञ्चवर्षीय योजना सदर

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार सम्हालेका छन् ।

धनगढी : धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनियताको सपथ लिएपछि उपमहानगरपालिका पुगेर पदभार सम्हालेका हुन् ।

हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् । हमाल समक्ष प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने उल्लेख छ । तर प्रकृयागत काम भने चालु आर्थिक वर्षदेखि नै अगाडि बढाइने जनाइएको छ ।

पदभार ग्रहणपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै मेयर हमालले धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताए । उक्त योजनाअनुसार नै विकास निर्माणका काम गर्ने हमालको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार