कैलालीमा प्रहरीको लापरबाही, हतकडीसहित थुनुवा फरार भएपछि…

कैलालीमा प्रहरीको लापरबाही, हतकडीसहित थुनुवा फरार भएपछि...

कैलाली : कैलालीमा हतकडीसहित थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुख्खडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका हुन्। जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी-२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।

जेठ १४ जेठ घोडाघोडी-२ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवै जनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

दुवैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । ‘दुवै जनालाई एक हतकडी लगाएको थियो’,‘प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडीसहित भागेका हुन् । ’दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुख्खडमा राखी थप अनुसन्धान भइरहेको थियो । अहिले फरार भएका थुनुवालाई खेजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार