घण्टी बजाउँदै खुल्यो रविको राष्ट्रिय स्वतन्त्र पार्टी

घण्टी बजाउँदै खुल्यो रविको राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं  : रवि लामिछानेले सञ्चारकर्मीको भूमिकाबाट आफूलाई परिवर्तन गर्दै राजनीतिक यात्रा अघि बढाएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले पार्टी घोषणा गरेका हुन्। रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धाराबाट सञ्चालनमा आएको छ।

उनले त्यसक्रममा दर्ता प्रक्रियामा रहेको आफ्नो पार्टीको चुनाव चिह्न घण्टी बजाएर राजनीतिक यात्रा सुरु भएको घोषणा गरे।

के-के हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका सात व्यवस्था ?

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।

१. प्राइमेरी निर्वाचन हुने
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्तारहित

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार