कैलालीमा कुटपिट गरी कर्मचारी लुट्ने तीन भारतीय लुटेरा घटना भएको पाँच घण्टामा पक्राउ

कैलालीमा कुटपिट गरी कार समेत लगेर भागेका ३ भारतीय 'धुन्दुकारी' लुटेरा पक्राउ

धनगढी : कैलालीमा कुटपिट गरी कर्मचारी लुट्ने तीन भारतीय लुटेराहरू लाई कैलाली प्रहरीले घटना भएको पाँच घण्टामा पक्राउ गरेको छ । सोमबार १२ बजे पछि कैलालीको गोदावरी नगरपालिका ०४ स्थित गाई मारे भन्ने स्थानमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर (ना.सु) लोकेन्द्र भण्डारीलाई निर्घात कुटपिट सँगै लुटपाट गरी भागेका भारतीय लुटेराहरूलाई प्रहरीले १७ः१५ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले कञ्चनपुर भिमदत्त नगरपालिकाबाट जिल्ला डडेलधुरा आलिताल तर्फ जाँदै गरेको कञ्चनपुर बेदकोट नगरपालिका ०३ बस्ने उक्त आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत ३७ वर्षीय लोकेन्द्र सिंह भण्डारीले चलाई रहेको प्रदेश ०३-०१-०२३ च ८७२१ नं.को सिल्भर रङ्गको सुजुकी कारलाई भिमदत्त नगरपालिका बाटै सोही कारमा खानिडाडा सम्मको लागी लिफ्ट मागी ३ जना पुरुष व्यक्तिहरूले निज चालकलाई फोटो खिच्ने बाहानमा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी निजको साथमा रहेको मोबाइल सेट थान-१, पर्स थान-१ र उक्त कार समेत लगी भागी फरार भएका थिए ।

उक्त कार १६ बजेको समयमा गोदावरी नगरपालिका ०१ स्थित पाठक आयल स्टोर देखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिसे अवस्थामा फेला पारी कार सकुशल रहेको र उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा १७ः१५ बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्रहरी नायव उपरीक्षक रवीन्द्र राज पाण्डेको कमाण्डमा खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका ०१ स्थित ऐश्वर्या सामुदायिक वनको जङ्गल भित्र लुकी छिपी बसिरहेको अवस्थामा उक्त घटनामा संलग्न लुटेराहरूलाई लुटिएको रेड्मी ब्राण्डको मोबाइल थान-१ र रु। ४,८००।( समेत फेला पारी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार