कैलालीमा नाइरोबी फ्लाई किराको आतंक मिरर अस्पतालमा एकैदिन चारजनाको उपचार

कैलालीमा नाइरोबी फ्लाई किराको आतंक मिरर अस्पतालमा एकैदिन चारजनाको उपचार

कैलाली : बर्खायामसँगै कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा उक्त किराका कारण सङ्क्रमित भएका विरामी भेटिएका हुन् ।

आइतबार हसुलियास्थित मिरर हस्पिटलको ओपिडीमा देखाउन आएका मध्ये चार जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । आइतबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर उनीहरू अस्पताल पुगेका थिए । उक्त समस्या ‘नाइरोबी फ्लाई’ को संक्रमणको कारण भएको अस्पताल अध्यक्ष अशोक शाहले जानकारी दिए । उनले आज मात्रै ओपिडीमा देखाउन आएका चार जनामा सङ्क्रमण देखिएको बताए ।

‘हस्पिटलको ओपिडीमा देखाउन आएका चार जनामा सङ्क्रमण देखियो,’ उनले भने, ‘अहिले उनीहरू उपचारपछि घर फर्किसकेका छन् ।’ भारतीय सीमानजिक रहेको उक्त क्षेत्रमा नाइरोबी फ्लाई किराको सङ्क्रमण देखिन थालेको हो । सो क्षेत्रमा ‘नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन मिरर अस्पतालका सञ्चालक शाहले आग्रह गरे ।

हस्पिटलले २४सै घण्टा इमरजेन्सी सेवा, फार्मेसी, प्याथोलोजी सेवा, भिडिओ एक्स–रे, एक्स–रे तथा इसिजी सेवा सञ्चालन गर्दै आएको छ । नाइरोबी फ्लाई किराको सङ्क्रमण देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार