कैलालीको सबैभन्दा बढी लागु औषध कारोबार हुने पालिका टिकापुर दोस्रो धनगढी

कैलालीको सबैभन्दा बढी लागु औषध कारोबार हुने पालिका टिकापुर

धनगढी : नेपालमा लागु औषध कारोबार गर्ने जिल्लामध्ये कैलाली चौथो नम्बरमा रहेको पाइएको छ। मंगलबार धनगढीमा सम्पन्न भएको लागु औषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाका प्रमुख एवम् उप-सचिव गोकर्णप्रसाद उपाध्यायले लागु औषध प्रयोग तथा ओसारपसार अर्थात् कारोबार गर्ने मुख्य ५ जिल्ला मध्ये कैलाली चौथो नम्बरमा रहेको बताए । उपाध्यायका अनुसार देशभर सबैभन्दा बढी लागु औषध कारोबार हुने जिल्ला क्रमशः काठमाडौँ, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेका छन् ।

उपाध्यायका अनुसार २०१९को सर्वेक्षण अनुसार नेपालमा लागु औषध प्रयोगकर्ता १,३०,४२४ जना जसमा ८, ३७२ महिला रहेका छन् । तथ्याङ्कमा उल्लेख गरिए अनुसार प्रयोगकर्ताको वार्षिक वृद्धि दर ५.०६ प्रतिशत रहेको छ । भने कारागारमा कैदी बन्दी २६ हजार २१ प्रतिशत रहेका छन् ।

यस्तै, कुल आपराधिक घटनामा लागु औषधसम्बन्धी अपराध ९ प्रतिशत, लागु औषध प्रयोगका कारण भईरुहेका छन् । २०७७/७८ मा ओसारपसार र बेचबिखनमा संलग्न ४,६२६ पक्राउ र ३,०१३ जनालाई मुद्दा दायर गरिएको छ । जसमा विदेशी १४७ जना रहेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, कार्यक्रममा ५ हजारभन्दा बढी रिह्याब सेन्टरमा उपचाररत रहेको र करिब १ हजार जनाले मौखिक उपचार पद्धतिबाट सेवा पाइरहेको उप-सचिव उपाध्यायले जानकारी दिए ।

त्यसै गरी, कार्यक्रममा धनगढी उप-महानगरपालिका नगरप्रमुख गोपाल हमालले लागु औषध प्रयोगकर्तालाई समुदायबाट छुटाउनुपर्ने बताएका छन्। कैलालीको अवस्था भयावह रहेको र यस्तै अवस्था रहने हो भने युवाको भविष्य धरापमा पर्ने हमालले बताएका छन्।

धनगढी उप-महानगरपालिकाले पनि लागु औषध नियन्त्रणबारे नीति ल्याएको उनले बताए। उपमहानगर सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर लागु औषध विरुद्धको अभियानमा लाग्ने मेयर हमालले बताएका छन्।

भारत सँग खुला सिमाना रहेको कैलालीमा पनि पहिलोमा टीकापुर र दोस्रो नम्बरमा धनगढी उप-महानगरपालिकामा लागु औषधका प्रयोगकर्ता सबैभन्दा बढी रहेको बताइएको छ । अवैध बेचबिखन तथा वितरण भारतबाट हुने भएकाले अनुसन्धान तथा नियन्त्रणमा चुनौती रहेको छ।

गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, कैलालीको समन्वयमा मानवीय स्वास्थ्य सङ्कटको बेला झन्, लागू औषध चुनौतीको गरौँ सम्बोधन भन्ने नाराका साथ आज धनगढीमा लागु औषध सम्बन्धी स्थानीय तहगत द्रुततर सर्वेक्षण विषयक अन्तर्क्रिया कार्यक्रम स्थानीय तहका पालिका प्रमुख तथा सरोकारवालाहरू सँग गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार