नेपालकै उत्कृष्ट १३ कलेजभित्र पर्दै धनगढीको एसपीएले पायो राष्ट्रिय सम्मान

नेपालकै उत्कृष्ट १३ कलेजभित्र पर्दै धनगढीको एसपीएले पायो राष्ट्रिय सम्मान

धनगढी : देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज¬)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार आयोजित एक भव्य कार्यक्रममाबीच एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरुबीच भएको प्रतिस्पर्धाबाट एसपीए उत्कृष्ट १३ कलेजभित्र परेको हो । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड ग्रहण गर्दै उपाध्यायले २५ वर्ष लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउँनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँनुभयो । ‘सम्मानका लागि सुदूरपश्चिमसँगै देशभरिकै कलेजबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा सबै मानकहरुमा अब्बल ठहरिदै एसपीए कलेज देशकै उत्कृष्ट कलेजमा पर्न सफल भएको छ,’ उपाध्यायले भन्नुभयो, ‘स्मार्ट एसपिएन बनाउँने हाम्रो अभियानमा यो कोशेढुंगा सावित हुनेछ । यस सफलतालाई आत्मसात गर्दै सुदूरपश्चिम र देशकै शैक्षिक क्षेत्रमा अब्बल कलेजका रुपमा स्थापित हुने बाटोमा हामी प्रयत्नरत छौं ।’

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।
कलेजमा पूर्ण पमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् ।

सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुन कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार