डेल्धुराबाट देउवा सँग चुनाव लड्ने सागर ढकाललाई १० प्रश्न, यस्तो छ जित्ने तयारी ?

सागर ढकाल
धनगढी : २०४८ सालमा जन्मिएका गुल्मीका सागर ढकाल डडेल्धुरामा २०४८ सालयताका सबै संसदीय चुनाव जितेका देउवालाई चुनौती दिने तयारी गरिरहेका छन् ।
यी तीनै सागर हुन् जसले पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै प्रश्न गरेका थिए । देउवाले झोक्किँदै ‘तपाईँ बढ्ता बोल्दैहुन्छ’ भनेर जवाफ फर्काएका थिए ।
उक्त कार्यक्रम भएको केही महिनापछि भएको चुनावमा देउवा प्रधानमन्त्रीबाट हटे । सागर पढ्नका लागि आफैँ बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए ।
आगामी मंसिरमा पाँच वर्षपछि देशमा फेरि संसदीय चुनावको तयारी निर्वाचन आयोगले थालेको छ । मिति मात्रै तोक्न बाँकी रहेको छ । यसपालिको चुनावमा तिनै सागरले डडेल्धुरामा प्रधानमन्त्री देउवालाई चुनौती दिने तयारीमा जुटेका हुन् ।
सागरको शैक्षिक योग्यता र कार्य अनुभव के-कति छ ?
सागरले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्ने बेला सागरले पुलचोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए । भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे ।
अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६/७ महिना उतै बसेको र पछि चीनमा काम गरेका छन् । उनले चीनको जल मन्त्रालयमा साना जलविद्युत परियोजनाबारे काम गर्ने इन्टरनेशनल सेन्टर अन स्मल हाइड्रोपावरमा केही महिना काम गरेका छन् ।
भारतको बैंगलुरू बाट स्वामी विवेकानन्द इन्स्टिच्युटमा योगाको तालिम लिए । अहिले सागर सँग तिन सय घण्टा योगा तालिम लिएको सर्टिफिकेट पनि छ ।
उक्त तालिमपछि उनी आफू अफ्रिकी मुलुक सुडान पुगेको बताउँछन् ।
त्यो डक्टर्स विथवाउट बोर्डर्सको परियोजना थियो। इथियोपियाको द्वन्द्वबाट पीडित भएर शरणार्थीका रूपमा इथियोपिया आउनेहरूलाई स्वच्छ पिउने पानी र अरू सरसफाइको व्यवस्था गर्ने काम गर्ने गरेको उनको भनाई छ ।
६ महिना जति सुडानमा काम गरेपछि मध्य एसियाली मुलुक किर्गिस्तानमा डक्टर्स विथवाउट बोर्डर्सको अर्को प्रोजेक्टमा काम गरेको अनुभव रहेको पनि उनको दाबी छ ।
यसका साथै, आफ्नै सल्लाहकार कम्पनीमा १० देखी १२ जना ईन्जिनीयरको टिम लिड गर्दै आएको पनि उनले बताएका छन् ।  भने उनी एक इन्जिनियर भएकोले उनी सँग कंक्रिट घर कसरी बनाउने भन्ने बारे राम्रो ज्ञान छ । भने  गाउँपालिकाको पञ्च वर्षीय योजना निर्माण सम्बन्धी पनि ज्ञान छ ।
डडेल्धुरा बाट चुनाव लड्ने इच्छा जाग्नुको कारण के हो ?
उनी भन्छन्, राजनीतिमा युवा पुस्ताहरूलाई नेतृत्व तहमा नहुनु, युवाहरू पनि नेतृत्व तहमा आउन सक्छन् । भन्ने सन्देश दिन । खसमा भन्ने हो भने एउटा डाक्टरले बिरामीको समस्या भएको ठाउँमा हेर्छ । त्यसै गरी अहिलेको युवाले पनि देशमा जहाँ समस्या छ पिडा छ । त्यही बाट समाधान खोज्नुपर्छ भन्ने धेय र सुदूरपश्चिममा अनेकन् सम्भावनाहरू छन् । उदाहरणको लागी धार्मिक पर्यटन क्षेत्रमा खप्तड बाबा, खप्तड बाबा र खप्तड क्षेत्र खप्तड बाबाको विचार र विज्ञान बाट पनि प्रभावित हो म । डडेल्धुराबाट ५/५ पटक प्रधान मन्त्री भएका शेरबहादुरले नमुना डडेल्धुरा बनाउनु पर्थ्यो खै त्यो सिक्ने वातावरण बनाएको ? अहिले डडेल्धुरा जस्तै समस्या भएको गुल्मीले डडेल्धुराबाट के सिक्ने त भन्दा केही पनि छैन ।
भारतमै पनि हेर्ने हो भने नरेन्द्र मोदीले गुजरात मोडेल बनाएका छन् । अहिले पुरै भारतले त्यहाँ बाट कपि गरिरहेको छ । त्यस्तै, चिनको सहरहरू हेर्नुहोस् त्यहाँको बाट कति धरैले विभिन्न विकाश निर्माण लगायता अन्य कुराहरू सिकी रहेका छन् । त्यो कुनै पनि काम शेरबहादुरबाट हुन सकेन डडेल्धुरा तथा पश्चिम क्षेत्रका गुल्मीका व्यक्ति र त्यहाँका नागरिकहरू भरत गए जस्तै यताको अवस्था पनि त्यही पर निर्भर नै भएका छन् । मेरा बुवा हजुर बुवा पनि भारतमै गएर रोजगारी गरे । नेपालमा कहाँ छ युवाहरूले काम गर्ने स्थिति पाँच/पाँच पटक शेरबहादुरलाई प्रधानमन्त्री बनाएको डडेल्धुरामा त केही छैन यस्ता अनेकौँ समस्या छन् । र ती समस्या समाधानको सुरुवातको लागी मैले आउँदो निर्वाचनको लागी डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरे ।

चुनावी एजेण्डा के छन् ?
म डडेल्धुराबाट उठ्नु सिम्बोलीक हो । म गाउँपालिकाको नगरपालिमा लडेको हैन । मैले राष्ट्रिय मुद्धाहरु उठाउँछु स्थानीय उठाउँदिन । नेपाल भरी ट्वाइलेटको राम्रो व्यवस्थापन गर्ने काठमाडौँ लगायतका सहरहरूमा धेरै घर(घरमा ट्वाइलेट होलान् तर डडेल्धुरामा त छैनन् नित । राम्रो स्वास्थ्य शिक्षाको व्यवस्थापन छैन । खानेपानीको मुद्धाहरु छन् । डडेल्धुरामा पनि पनि राम्रो विद्यालयको व्यवस्था छैन । भने अव मैले त्यहाँ देउवाले पाँच पटक प्रधानमन्त्री हुँदा गर्न सकिने तर नगरेका नेपाल भरी कपि गर्ने मिल्ने उदाहरणीय शिक्षालय, स्वास्थ्य क्षेत्र, विभिन्न कृषि फर्महरू, नेपालभर कपि गर्न मिल्ने सिक्न मिल्ने हरेक कुराहरू मोडेलको रूपमा बनाउन सकिन्छ । ताकी अन्य छिमेकी जिल्ला र अन्य नेपालभरिका जिल्लाहरूले त्यहाँबाट यस्तो पो बनाउनु पर्दो रहेछ पुराना घरहरू, संरचना नयाँ प्रविधिको प्रयोगबाट कसरी बनाउने अनेक क्षेत्रमा मोडेल र नेपालले सिक्ने ठाउँ बनाउने म सँग योजना रहेको छ ।

चुनाव लड्ना बखत देखी अहिले सम्म नहारेका प्रधानमन्त्री देउवा हुनुहुन्छ ? त्यस्तो चुनावी क्षेत्रमा लड्नलाई अथवा जित्नलाई त चुनौती होला ? के देख्नुभएको छ ? सामना गर्ने तयारी के छ ?
हाम्रो पूर्व प्रधानमन्त्री ईमान्दार भएर आउनु भयो भने त चुनौती केही पनि छैन । मैले भन्न खोजेको के हो भने शेर बहादुर देउवा र म एउटै टेबलमा बसेर डडेल्धुराको जनतालाई फेस गरौँ कसले जित्छ ? कसले बुझ्छ त्यहाँका जनताको आवाज समस्या कसले महसुस गर्छ ? उहाँ सँग आँट छ भने एउटा बौद्धिक हिसाबले टेबल टक गरौँ । धेरै पैसा पनि खर्च नगर्नुस् । मैले योजना, शिक्षा, अनुभवको आधारमा कुनै पनि चुनौती देखेको छैन । म त्यहाँका जनता तथा सिङ्गो पश्चिमको डाक्टर बन्न चाहन्छु जहाँ समस्या छन् तिनको समाधान गर्न सक्ने क्षमता मसँग छ । अब पनि डडेल्धुराका जनताले ५ चोटि फेल भएको व्यक्ती लाई छान्नु हुन्न । मलाई विश्वास छ अब नयाँ सक्षम मान्छे डडेल्धुराले खोजी रहेको छ । अन्यथा चुनौती नभएको भने हैन। चुनौती कसरी छ भन्नुहुन्छ भने, डडेल्धुराबाट चप्पल पड्काए र निस्के पनि देउवाले अहिले धेरै धन आर्जन गर्नुभएको छ । उहाँले निर्वाचनमा धेरै नै पैसा खर्च गर्नु हुन्छ । सबैलाई बाँड्नु हुन्छ भन्ने छ । पाँच वर्षमा एकचोटी डडेल्धुरा आउनु हुन्छ अरे । त्यसैले नैतिक बौद्धिक चुनौती भन्दा पनि अनैतिक कामहरूको चुनौती चाहिँ हो ।

डडेल्धुराका जनताले प्रधानमन्त्री भए पनि हाम्रो जिल्लाको हुनुहुन्छ । भन्ने हिसाबको मनस्थिति बनाएर पनि देउवालाई जिताउन सक्छन् । देउवाको त्यही छवि सँग सामना गर्न समस्या होला कसरी सामना गर्नुहुन्छ ?
डडेल्धुराले सधैँ प्रधानमन्त्री दिएको छ । मैले पनि प्रधानमन्त्रीकै लक्ष लिएर चुनाव क्षेत्र छनौट गरेको छु । देशलाई प्रधानमन्त्री दिने जिल्ला बनेपनी फरक पर्दैन । तर यसपालि डडेल्धुराका नागरिकहरूले सक्षम व्यक्ति मलाइ छान्नु पर्‍यो । डडेल्धुराका जनता विवेकमा पछाडि हुनुहुन्न । उहाँहरूको विवेक राम्रो छ भन्नेमा ढुक्क छु । म उहाँहरू सँगै हुन्छु । उहाँहरूका समस्या बुझ्छु मात्रै हैन तिनको समाधान समेत दिन्छु । यसपालि डडेल्धुराले व्यक्ति फेर्छ तर प्रधानमन्त्री नै दिन्छ ।

यो भन्दा पहिले देउवाले कार्यक्रममा झपारेकोले बद्ला लिन हो की ? देउवा सँग चुवान लडेमा लोकप्रिय भइन्छ भनेर हो? डडेल्धुराबाटै चुनाव लड्न लागेका भनेर पनि तपाई माथि आशङ्का गर्ने ठाउँ पनि रहन्छ होला नि ?
म कुनै बद्ला, सद्ला लिन आएको हैन । म डेलिभरी गर्न आएको हो । म इन्जिनियर हुँ । पानी बनाउन आएको हुँ । बरु बाटो बनाउन आएको हुँ । जसरी डाक्टरले खुट्टामा समस्या छ भने खुट्टामा हातमा समस्या छने हातमा उपचार गरे झैँ म पनि डडेल्धुराको जुन कुरामा समस्या छ त्यसको उपचार गर्न आएको हुँ । मैले त गुल्मी बाटै लड्न सजिलो हुने थियो होला । अझै बुटवलबाट लडेको भए झन् सजिलो हुने थियो होला । मैले देशलाई माया गर्छु भनेको अर्थ नै के हो भने जहाँ समस्या छ । देशभरिमा म त्यहीबाट समाधान खोज्न चाहन्छु । पहिलो रोजाई डडेल्धुरा बनेको मात्रै हो ।

त्यहाँ सम्भावना धेरै छन् । समस्याहरू पनि उत्तिकै छन् । त्यहाँ समाधान गर्न चाहन्छु । हामी धार्मिक हिसाबले पनि उत्तिकै आस्था राख्छौँ । त्यहाँ खप्तड बाबा लाई हेर्नुस् एउटा बेलायत गएर सर्जन डाक्टर पढेको व्यक्ति त्यहाँ ध्यान गरेर विचार विज्ञानका बारेका बुझाउनु भएको छ । उहाँको ज्ञानलाई हामी नेपाललाई मात्र नभई सिङ्गो विश्वमाझ सन्देश दिन सक्छौँ । अहिलेको आधुनिक विज्ञानलाई समेत चुनौती दिने उहाँको विचार छ । सबैले एक पटक पढ्नुपनी पर्छ । त्यस्तो व्यक्तिलाई पनि त डडेल्धुरा आसपासको क्षेत्रले जन्माएको हो । त्यसैले यी यस्ता धेरै कुरा गर्नु छ । जसको लागी म डडेल्धुराबाट चुनावी मैदानमा उत्रिँदै छु ।

चुनाव लड्नका लागी डडेल्धुरा चुनी सक्नुभएको छ । अहिले सम्म कति पटक डडेल्धुरा पुग्नुभएको छ ?
मेरो बुढो मावल पनि पश्चिम नै हो । मलै त्यहाँका सबै वर्ग क्षेत्रलाई त्यहाँ आउँदा पनि बुझेको छु । यथार्थ भन्नु पर्दा डडेल्धुरा नै त म टेको छैन । मैले त्यहाँको समस्या महसुस गरेको छु । त्यहाँको पानी पिएको छु । त्यो भन्दा अप्ठेरो ठाउँमा गएर काम गरेको छु । अनुभव छ ।

अहिले स्थानीय तहको चुवानमा स्वतन्त्र उठ्ने हरुले विजय हासिल गरी राख्दा तपाईँलाई पनि रहर लागेको हो की ? डडेल्धुरका सबै नागरिक डिजिटल सञ्चारको पहुँचमा हुनुहुन्न ? आफ्नो विचार योजनाहरू त्यहाँका जनताहरूलाई कसरी बुझाउनु हुन्छ ?
हामीले त्यसको लागी पनि तयारी गरिरहेका छौँ । के-कसरी जाने भन्ने हिसाबले सबै युवाहरू सँग सुझाव सल्लाह लिन्छु । विशेष गरी अहिले देशभरिमा ४० वर्ष मुनिका युवाहरू ७० प्रतिशत छौँ । त्यसमा हेर्ने हो भने डडेल्धुरामा पनि युवा युवतीहरूको सङ्ख्या अरूको भन्दा बढी नै छ । मैलै युवा युवतिहरूलाई बुझाउँछु आफ्नो उम्मेदवारी किन ? भोट किन दिने र डडेलधुरालाई कस्तो बनाउन सकिन्छ ? भनेर उहाँहरूले आफ्नो घर परिवार आमा बुवाहरूलाई सम्झाउनु हुन्छ । त्यसरी अगाडी बढिन्छ ।

तपाईँले जित्यो भने ४० वर्ष मुनीका नेपाली नागरिकले प्रधानमन्त्री हुने व्यवस्था गर्छु भन्नुभएको छ । अहिलेको राज्य व्यवस्था, राज्य सञ्चालनको नीति हेर्दा कसरी सम्भव छ? एक जना स्वतन्त्र व्यक्ति जित्दैमा ?
हामीले १६५ ओटै सिटमा स्वतन्त्र व्यक्ती उठाउने सोचेका छौँ । एक स्वतन्त्र अभियान नै चलाउने भन्ने छ । कोही इच्छुक व्यक्ति विदेशमा कोही हुनुहुन्छ भने आउनुहोस् सँगै लडौँ । यही व्यवस्थाले हो तपाई हामीलाई विदेश पठाएको । अहिले स्वतन्त्र अभियानमा जोडिने पाल्पा, बुटवल, काठमाडौँ, महोत्तरी लगायतका ठाउँबाट ६/७ जना पुगी सक्नुभएको छ । बझाङ, बैतडी, कञ्चनपुर जहाँ बाट सकिन्छ उठ्नुस् भन्ने आग्रह गरेको छु । हजारौँ व्यक्तिहरूलाई उठाउन गाह्रो होला जम्मा १६५ जना व्यक्तिहरूलाई उठाउन गाह्रो छैन । हामी स्वतन्त्र अभियान मार्फत उठाउँछौँ पनि । अब नउठे कहिले उठ्ने । साह्रै, अत्तिभयो । हामीले युवाहरूले भविष्य नबनाए कसले बनाउने । हजुरबुवाहरूले बुवा र हामीलाई विदेश पठाए जस्तै हामीले हाम्रा छोरा-छोरी लाई पनि विदेश नै पठाउने हो त ? हैन नि । कम्तीमा हाम्रो पुस्ता त जागौँ ।

तपाई डडेल्धुरा नटेक्नुभएको मान्छेले डडेल्धुराको सांसद हुने निधो गरी सकेपछि त्यहाँका जनताका समस्या, पिर मर्का एकदम नजिकैबाट बुझ्नु पर्ने होला ? त्यहाँको बारेमा अध्ययन गर्नुपर्ने होला ? चुनावी रणनीति बनाउनु पर्ने होला ? अब कहिले डडेल्धुरा आउनु हुन्छ ?
म चार पाँच दिनमा डडेल्धुरा आई पुग्छु । त्यहाँको जमिनमा नटेके पनि त्यहाँको पानी बच्चा बेलामा पिएकै छु । अनि जनता सँगै अगाडी बढ्छौ । सबै क्षेत्रका व्यक्तिहरूको सल्लाह पनि म आत्मसाथ गर्छु । जुन देउवाले सुन्नै रुचाउनु हुन्न ।

पानी पिउनु र चुनाव लड्नु फरक कुरा होला, त्यो पनि पाँच/पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति सँग चुनौती त छ, डडेल्धुरा पुगेर तपाइको पहिलो कदम के हुन्छ ?
मेरो योजना के हो भने मलाई हेरेर डडेल्धुरा बाटै इमानदार नेताहरू आउन भन्ने हो । म सामान्य मान्छे हो । त्यस्तो तडकभडक केही गर्न चाहन्न । सामान्य रूपमा आएर त्यहाँका जनता आमा बुवाहरूका समस्या के-के छन् । ती पनि बुझ्छु । हाम्रो टिम पनि छ । हामीले योजना बनाई रहेका छौँ । म धर्म कर्ममा पनि विश्वास गर्ने भएकोले हामीले धर्म संस्कृति जोगाउन उग्रतारा मन्दिरमा रुद्री गर्ने की के गर्ने भन्ने विषयमा पनि तयारी भइरहेको छ । हामीले देवघाट धाममा गुरुहरूलाई पनि भेट्छौँ । उहाँहरूबाट पनि सल्लाह सुझाव लिन्छु । लगभग तिन सय वटा कुराहरू छन् । योजनामा अहिले सबै प्रकाशन गर्दैनौ । मैले पनि वैज्ञानिक अध्यात्मवादमा विश्वास गर्छु । खप्तड बाबाको जस्तै सिद्धान्त हो मेरो पनि । मैले उहाँको विचार विज्ञानहरू आत्मसाथ गर्दै आइरहेको छु ।
सागर सँग गरिएको कुराकानीमा आधारित ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार