समाजवादी केन्द्र बनाउने कुरा सकारात्मक छ : मन्त्री कुँवर

समाजवादी केन्द्र बनाउने कुरा सकारात्मक छ : मन्त्री कुँवर

धनगढी : नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नागरिकता विधेयकमा असहमति जनाएका छन् । आइतबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा जवाफ दिँदै कुँवरले नागरिकता विधेयकमा भएका केही वुदाँहरु खुकुलो नपारिनु पर्ने धारण राखेका हुन् ।

मन्त्री कुँवरले दुई शक्तिशाली राष्ट्रको बिचमा भएको देशमा नागरिकता विधेयक त्यति सहजै पारित गर्नु नहुने बताउँदै भने, ”नागरिकता ऐन २०६३ ले नै नागरिकता पाउने केही बुँदाहरू खुकुलो बनाएको छ । खुकुलो बनाउने परम्परा ठिक होइन । शक्तिशाली दुई देशको बिचमा छौँ । सामरिक महत्त्व छ ।  त्यसैले हाम्रो देशमा नागरिकतालाई खुकुलो बनाउन हुन्न । केही प्रावधानहरू कडाइ गरेर लग्नु पर्छ । भन्ने मान्ने ता हिजो पनि थियो । आज क्याबिनेटमा मन्त्री हुँदा पनि त्यो मान्यतामा म दृढ छु ।”

नागरिकता ऐन २०६३ ले केही बुँदा खुकुलो बनाएको बताउँदै कुँवरले त्यो बेला खुकुलो पारिनु नै गलत रहेको स्पष्ट पारे । नागरिकता दिनमा केही प्रावधान कडा गरेर दिनुपर्ने अडानमा हिजो देखी अहिलेसम्म रहेको कुँवरले बताए ।

तत्कालीन नेकपा करिब दुई तिहाइ सहित सरकारमा हुँदा रोक्ने या पास गर्ने विषय निक्र्यौल हुनसक्ने दाबी गर्दै कुँवरले सोही बेला विधेयकका बेला चासो नदिएको आरोप लगाए । सत्तामा हुँदा एक कुरा र बाहिर हुँदा अर्को कुरा गर्न नहुने उनको भनाई थियो ।

उनले भने, ‘तत्कालीन नेकपाको सरकारमा हुँदा नागरिकता विधेयक रोक्ने कि पास गर्ने भन्ने विषय टुङ्गो लागेको थिएन। तर, सत्तामा हुँदा एकथरि कुरा गर्दै विधेयक अल्झाएर राखियो। अहिले आएर विधेयकका बारेमा चासो समेत दिइएन।’ एमालेप्रति लक्षित गर्दै उनले सत्तामा हुँदा एक कुरा र बाहिर हुँदा अर्को कुरा गर्न नहुने बताएका थिए।

नेपालमा स्वरोजगार कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले विदेशमा गएर फर्केका दाजुभाइहरूलाई एकीकृत कार्यक्रममा समावेश गर्नका लागी नीति पास गरेका छौँ उनले भने “सो निर्देशिका अनुसार विभिन्न संस्थाहरू, वैदेशिक संस्थाहरूलाई लगानीको लागी आकर्षित गरेका छौँ, जसले पुजी ल्याएर आउँछ त्यसलाई उद्धमशिलतामा लाउन हामीले प्रेरित गर्नेछौँ ।”

विदेश जानुपर्ने रहर नभएर बाध्यता छ तर त्यसलाई हामीले कसरी रोक्न सक्छौँ हाम्रो ध्यान गएको छ उनले भने, “हाम्रा श्रमिकहरूको सुरक्षा कसरी गर्न सकिन्छ श्रम गन्तव्यमा पुगेका नेपाली नागरिकको सुरक्षा लगायतमा हामी गम्भीर छौँ ।”

यस्तै, मन्त्री कुँवरले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायत कम्युनिस्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाउने कुरा सकारात्मक रहेको बताए । तर भनेरै सबै कुरा नहुने भएकाले अहिले नै के हुने भन्न नसकिने उनको भनाई छ ।

मन्त्री कुँवर अछामको जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्न आज सुदूरपश्चिम आएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार