एसईईको नतिजा सार्वजनिक : ९,६३३ जनाले ल्याए ४ जीपीए, २२ हजार बढी गयल

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय

काठमाडाैँ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित नतिजाअनुसार ९६३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१६२७ रहेको बाेर्डले जनाएकाे छ । २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ६९९०० रहेकाे छ भने २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९०७५८ रहेको छ ।

११२७३३ विद्यार्थीले २.० देखि २.४ जीपीए ल्यउँदा १००५९४ विद्यार्थीले १.६ देखि २.० जीपीए ल्याएका छन् । त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४५८६ रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२८० जना छन् ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)ले एसईईको नतिजा सार्वजनिक गरेको हाे । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

  • २२ हजार ६४० जना एसईई परीक्षामा गयल !

एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् । अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार