खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा बिरामी परेपछि विद्यालय बन्द

विद्यालय
सांकेतिक तस्बिर

दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द छ । छात्राहरू केही हप्तादेखि बिरामी हुन थालेपछि केही दिनलाई विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक खडक लोथ्यालका अनुसार विद्यालयमा छात्राहरू करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो ।

छात्राहरू एक्कासि छटपटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको उनले बताए । बिहीबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘विद्यालयमा आएपछि एक/दुई पिरियड पढेपछि छात्राहरू एक्कासि बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्,’ प्रधानाध्यापक लोथ्यालले भने, ‘छात्राहरूमा अज्ञात रोग देखापरेपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएको हो ।’ यस्तो समस्या गाउँघरमा पनि देखा परेमा एकान्तमा बस्नुहुन तथा धेरै भीडभाड र घुलमिल हुने ठाउँमा आफ्ना नानीबाबुहरूलाई नपठाउनसमेत अभिभावकहरूलाई अनुरोध गरिएको छ । दार्चुलाका विभिन्न विद्यालयहरूमा बेलाबेला यस्तो समस्या देखा पर्ने गरेको छ ।

यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार