राष्ट्रिय किशोर सञ्जाल नेपालको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

राष्ट्रिय किशोर सञ्जाल नेपालको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

धनगढी : राष्ट्रिय किशोर सञ्जाल नेपालले आफ्नो प्रथम वार्षिकोत्सव एक विशेष समारोहका साथ सम्पन्न गरेको छ।

लैंगिक हिंसा अन्त्य गर्न र लैंगिक समानता कायम राख्न पुरुष सहभागिता जरुरी छ भन्ने मुख्य उद्धेश्यका साथ वि.सं २०७८ साउन १४ गते स्थापना भएको राष्ट्रिय किशोर सञ्जाल नेपालले आज साउन १४ गते सञ्जालका केन्द्रीय समिति,प्रदेश स्तरीय सञ्जालका समिति,राष्ट्रिय किशोरी सञ्जाल, देशभरका बालबालिका तथा किशोकिशोरीहरुका लागि कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ‘ प्रथम वार्षिकोत्सव समारोह-२०७९’ समापन गरेको छ।

समारोहमा वरिष्ठ बालअधिकारकर्मी तथा मानवअधिकारकर्मी गौरी प्रधान, सिविन नेपालका अध्यक्ष माधव प्रधान, कन्सोर्टीयम नेपलका अध्यक्ष मोहन दंगाल, NACG का अध्यक्ष विनु माया गुरुङ, युवालयका कार्यकारी निर्देशक सञ्जीव अधिकारी, एस.ओ.एस बालग्राम नेपालका प्रतिनिधि जोत्सना क्षेत्री, सिविन नेपालका कार्यक्रम संयोजक ध्रुव गौतम, बालिका दुलही होइनन् नेपालका अध्यक्ष निरिजना भट्ट, राष्ट्रिय किशोरी सञ्जालका अध्यक्ष ललिता तामाङ्ग, राष्ट्रिय किशोर सञ्जाल नेपालका केन्द्रीय पदाधिकारी, प्रदेश स्तरीय सञ्जालका पदाधिकारी, राष्ट्रिय किशोरी सञ्जालका केन्द्रीय पदाधिकारी तथा देशभरका विभिन्न बाल क्लब/ बाल सञ्जालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सञ्जालका उपाध्यक्ष निर्देश सुवेदीले स्वागत मन्तव्य सहित सञ्जलको परिचय दिँदै सुरु भएको समारोहमा केन्द्रीय सदस्य शिशिर सापकोटाले सञ्जालले अहिले सम्म गरेको यात्राबारे समीक्षा गरेका थिए।

देशभरका बालबालिका तथा किशोकिशोरीहरुका लागि कार्यरत संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिँदै सञ्जालसङ्ग सहकार्य/समन्वय गर्ने प्रतिबद्धता गरेका छन्।

समारोहमा वरिष्ठ बालअधिकारकर्मी तथा मानवअधिकारकर्मी गौरी प्रधानले सञ्जाललाई शुभकामन दिँदै नेपाल जनसांख्यिक लाभको दृष्टिले अहिले सुनौलो स्थितिमा रहेको जानकारी दिए । सँगै जुन सूचक आगामी वर्षहरूमा घटेर जाने देखिएको हुनाले सरकारले अहिले नै उत्पादनशील उमेरका व्यक्ति, वर्तमानका साझेदार र भविष्यका कर्णधार (बालबालिका किशोरकिशोरी) माथि लगानी गर्न जरुरी भएको कुरा बताए। उनले भने “बालबालिका राष्ट्रिय गौरवका विषय हुन् र उनीहरूमाथि लगानी गर्न जरुरी छ । बालबालिकाको शिक्षा, स्वास्थ, समाजिक सुरक्षालाई ग्यारेन्टी गर्नुपर्छ यो राष्ट्रको भूमिका पनि हो।”

बाल क्लब/सञ्जालमा रहेर काम गर्दै आएका पूर्व बाल क्लब सदस्यले पाएको सफलताको कथा सुन्न र सुनाउने उद्देश्यले हरेक महिना ‘सफलताको कथा’ कार्यक्रम आयोजना गरिने र साउन १४ लाई राष्ट्रिय किशोर दिवसका रूपमा मनाउने विशेष घोषणा सञ्जलले गरेको छ।

सञ्जालका अध्यक्ष विजयराज जोशीको सभाध्यक्षमा भएको समारोहको सञ्चालन सञ्जालका सचिव आदर्श तिवारीले गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार