बझाङको पानकोट पुल देखि चैनपुर सम्मको सडक मर्मत हुने, स्थानीय हर्षित

बझाङको पानकोट पुल देखि चैनपुर सम्मको सडक मर्मत हुने, स्थानीय हर्षित

बझाङ : बझाङको जय पृथ्वी नगरपालिका १० चैनपुर स्थित पानकोट पुल नजिकैको सडकमा आरसीसी ढलान हुने भयको छ । विधुत प्राधिकरणको बझाङ वितरण केन्द्र देखि पानकोट पुल सम्मको झण्डै ५० मिटर सडक मा ढलान गर्नको लागि ठेक्का प्रक्रिया सम्पन्न भयको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालले बताउनू भयो ।

उहाँले भन्नुभयो “वर्षौँदेखि अप्ठ्यारो सडकका कारण सवारीसाधन आवागमनमा समस्या भयको थियो , सडक बोर्ड सँगको समन्वयमा 10 लाखको लागतमा ठेक्का सम्झौता भयको छ ।” ठेक्का प्रक्रियाको घटाघटमा ७ लाखमा टेण्डर परेको तर ७ लाखले रकम नपुग्ने भयपछि १० लाखमा वाकी रहेको रकम पनि सोही सडकमै खर्च गरेर टिकाउ सडक बनाउनका लागि पनि सडक बोर्डमा माग गरिएको उहाँले बताउनुभयो । असारमा टेण्डर भै जनकल्याण निर्माण सेवाले निर्माणको ठेक्का पाएको छ । टेन्डर स्वीकृत भयपछि सम्झौता हुन भने वाकी छ । केही दिनमै सम्झौता हुने र त्यसपछि काम चाँडो सम्पन्न गराउन आफू लागि पर्ने नगरप्रमुख बजालको भनाई छ ।

असारमा टेण्डर स्वीकृत भयकाले वर्खायाममा काम गर्न समस्या हुने र नगरपालिकाले पनि वर्खायाममा ढुङ्गा ,गिट्टी,बालुवा जस्ता नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकाले बर्खा सकिने बित्तिकै काम सुचारु हुने निर्माण कम्पनीका प्रोप्राइटर भरत बहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “सडकको लागि नाप नक्साङ्कन सकिएको छ तथा केही विवाद पनि छ त्यो विवाद चाडै समाधान गरेर सम्झौता गरेर सडक निर्माणको काम सुरु हुन्छ ,आउँदो मॅसिर पुस भित्र निर्माण सक्ने गरी तयारी गरेका छौ ।

पानकोटपुल देखि विधुत कार्यालय सम्मको केही भिरालो सडकमा चैनपुरको ढल निकास पनि त्यही छोडिदा सडकका ठुला ठुला ढुङ्गाका कारण समेत सवारी साधन लैजान समस्या हुने गरेको थियो । सडक बन्ने भयपछि आफूहरू खुसी भयको स्थानीय नरेन्द्र उपाध्यायले बताउनुभयो । सडक बनेपछि चैनपुर देखि पानकोट पुल हुँदै नगरपालिकाका अधिकांश क्षेत्र तथा पानकोट जडार सडक खण्डमा चल्ने सवारीसाधनलाई पनि आवागमनमा सजिलो हुने स्थानीयले विश्वास गरेका छन् ।

उक्त सडक जीर्ण हुँदा तथा सडकमै चैनपुरको ढल निकास हुँदा समय समय सामाजिक सॅजालमा समेत विरोध हुने गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार