कृष्णनगर भन्सार कार्यालयले समात्यो लाखौं मूल्य पर्ने कपडा

कृष्णनगर भन्सार कार्यालयले समात्यो लाखौं मूल्य पर्ने कपडा

कृष्णनगर, कपिलवस्तु: कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ l नेपाली हरूको चाड हरि तलिका तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन् l

कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेक जांच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपड़ा लगायत अन्य कपडा फेला पारी ट्रक सहित चालक लाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l

नियन्त्रणमा लिइएको कपड़ाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l

पक्राउ गरिएको कपड़ा कस्को हो भन्ने पत्ता नलागेकाले उक्त गाड़ीका चालकलाई नियंत्रणमा लिई सोधपुछ गरी रहेको कुरा कृष्णनगरका भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए l

गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अबैध रूपमा नेपाल भित्र्याइएका ८१ रांगापाडा , २१५ खसी बोका पक्राउ गरी लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ l

कृष्णनगर भन्सार कार्यालय

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार