गुणस्तरीय शिक्षाका लागी एलायन्स प्लस्टु धनगढी

गुणस्तरीय शिक्षाका लागी एलायन्स प्लस्टु धनगढी

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको एलायन्स ईन्टरनेशनल मोडल स्कुल नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं २ सन्तोषी टोलमा रहेको स्कुलले विभिन्न कोर्सहरूको अध्ययन गराई रहेको छ । जनरल म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कानुन संकायमा पढाई भइरहेको स्कुलका प्रिन्सिपल मनोज पन्तले जानकारी दिएका छन् ।

सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी विषय विशेषज्ञ शिक्षक, सुविधा सम्पन्न कम्प्युटर ल्याब, सुविधा सम्पन्न पुस्तकालय, आकर्षक सेमिनार हल, सुविधा सम्पन्न कक्षा कोठा हुनुका साथै पर्याप्त मात्रामा खेल मैदान र शैक्षिक वातावरण भएको प्रिन्सिपल पन्तले बताउनु भयो ।

होटेल म्यानेजमेन्टका बिद्याथीहरुका लागी पाँच तारे होटेलको भ्रमण, प्रयोगात्मक विधिद्वारा पठनपाठन, निःशुल्क इण्डस्ट्रीयल भिजिट, फिल्ड भिजिट, केस स्टडी, लगायत होटेल म्यानेजमेन्टका बिद्यार्थीहरुको व्यक्तित्व विकासका लागि निःशुल्क गवा भ्रमण हवाई मार्गको माध्यम बाट गरिने छ पन्तले बताए ।

कानुन संकायका बिद्यार्थीहरुका लागी सैद्धान्तिक र प्रयोगात्मक शिक्षण विधिलाई विशेष जोड दिइने छ । जिल्ला अदालत भ्रमण गराइने,न्यायिक समिति सँग अन्तर्क्रिया गराइने बताएको छ । भने उक्त स्कुलले अहिले कक्षा ११ का लागी विद्यार्थी भर्नाका लागी समेत सूचना गरेको छ ।

विद्यार्थी भाइबहिनीको व्यक्तित्व विकासका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञानमा विशेष प्राथमिकता दिइने छ । त्यसै गरी विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप गराउनुका साथै प्रयोगात्मक विधिलाई जोड दिइने छ ।

“गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ हामी विद्यार्थीलाई पुर्णरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आगामी पठनपाठन सञ्चालन गर्न गइरहेको समेत पन्तले बताउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार