मुम्बई जान लागेका सुन व्यापारी विमानभित्रैबाट पक्राउ

धनगढीका सुन व्यवसायी

धनगढी : भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानको उडान रोकेर प्रहरीले बुधबार एक सुन व्यवसायीलाई नियन्त्रणमा लिएको छ । कैलालीका व्यवसायी सन्तोष लामिछानेलाई पक्राउ गर्न प्रहरीले उड्न लागेको विमान दुई घन्टा रोकेको हो ।

लामिछाने अन्य सुनचाँदी व्यवसायीसहित मुम्बई जाँदै थिए । गहनासम्बन्धी एक्स्पोमा भाग लिन जान लागेका उनीविरुद्ध उजुरी परेको भन्दै प्रहरीले सबै यात्रु विमानबाट केही समय झारेको थियो । लामिछाने र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि विमान उड्न दिइएको थियो । लामिछानेमाथिको अभियोग प्रहरीले खुलाएको छैन ।

स्रोतका अनुसार सुरुमा आतंककारी गतिविधिमा संलग्न शंकास्पद व्यक्ति विमानभित्र रहेको भन्दै उडान रोक्न लगाइएको थियो । आतंकवादसम्बन्धी गतिविधि अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरोमार्फत यसरी विमान रोक्न लगाइएको हो ।

आतंकवादसँग सम्बन्धित व्यक्ति रहेको भनिए पनि सामान्य व्यापारीलाई नियन्त्रणमा लिन यसरी उड्न लागेको विमान नै रोकिएकोमा नागरिक उड्डयन अधिकारीले आश्चर्य मानेका छन् ।

व्यापारी लामिछाने एक्स्पोमा जान लागेको र जान नपाएका केही व्यापारीले प्रहरी लगाएर उनलाई पक्राउ गराएको भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार