सुदूरमा एक सातामै कोरोनाका सक्रिय संक्रमितको संख्या २५५ पुग्यो, देशभर कति पुगे ?

कोरोना संक्रमणबाट एकजनाको मृत्‍यु

भेटियो कोरोनाको नयाँ भेरियन्ट 'नियोकोभ'

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेको छ । पछिल्लो समय स्वदेशसहित भारतमा सङ्क्रमण बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको हो ।

पछिल्लो एक साताभित्रै प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५५ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभरि बिहीबारमात्रै
६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार ५४ जनामा एन्टिजेन र सात जनामा पीसीआर परीक्षण विधिबाट संक्रमण पुष्टि भएको छ । बिहीबार भारतबाट फर्किएका २६ जनामा संक्रमण पुष्टि भएको छ । गड्डाचौकीबाट फर्केका ११, गौरीफन्टा नाकाबाट फर्केका १४ र झुलाघाट नाकाबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

बिहीबार ६१ जना संक्रमित थपिएसंगै  सक्रिय सङ्क्रमितको संख्या अढाई सय नाघेको हो । सबैभन्दा बढी १३२ जना सक्रिय संक्रमित कैलालीमा रहेका छन् । त्यस्तै, एक सय जना कञ्चनपुरमा, बैतडीमा २१ र डोटी÷अछाममा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सीमा नाकासंग जोडिएको जिल्लामा सक्रिय संक्रमित बढी मात्रामा बढ्दैछन् । बिहीबारदेखि भने डोटी र अछाममा पनि संक्रमण पुष्टि भएको छ । प्रदेशभरि हालसम्म पाँच लाख ६१ हजार ५०२ जनाको परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या ६० हजार १३२ पुगेको निर्देशनालयले जनाएको छ ।

कोरोना सङ्क्रमण बढे पनि मान्छेले स्वास्थ्य सजकता अपनाएको भने देखिएको छैन । अत्यधिक व्यक्ति मास्कसमेत लगाइरहेका छैनन् । संक्रमण बढ्दो भए पनि अब मान्छेमा विगतको जस्तो कोरोनाको त्रास छैन ।

  • आज नेपालमा ७ सय ६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।  बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार