यी दुई बाबु छोरा जसले एकै दिन लगाए डिएसपीको फुली

यी दुई बाबु छोरा जसले एकै दिन लगाए डिएसपीको फुली

काठमाडौं :  एकैदिन प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा  भएका बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीले डीएसपीको दर्ज्यानी चिह्न लगाएका छन्। उनीहरुलाई बिहीबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिए।

जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा बढुवा सिफारिस भएका थिए।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो। राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए।

ध्रुव २०७५ सालमा प्राविधिकतर्फको इन्स्पेक्टरमा भर्ना भएका थिए। ध्रुव प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा त बाबु राजेन्द्र सेवामा प्रवेश गरेको २८ वर्षपछि डीएसपीमा बढुवा भए। राजेन्द्र २०५१ प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार